नेपालले लगातार गुमायो दोस्रो विकेट

Rohit
लोकपाटी न्यूज

काठमाडौं। टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन्।

आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो। ७ ओभरमा ३५ रनको साझेदारी गरिरहेका कुशल भुर्तेल आठौं ओभरको दोस्रो बलमा बोल्ड भएका थिए।

भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रन जोडे। यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेललाई पनि दक्षिण अफ्रिकाका तब्रिज साम्सीले बोल्ड गरे।

दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।नेपालले ८ ओभरको खेल सकिदा दुई विकेट गुमाएर ३६ रन बनाएको छ ।