विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न सांसद आचार्यको माग

bhim-acharya-pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसद भीम आचार्यले विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका हुन्।

नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको उनले बताए।

त्यस्तै उनले खेलाडीलाई होटलमा उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए।

विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मार्फत सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए।