नेपाल टी–२० लिगको खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता हुने

लोकपाटी न्यूज

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी–२० लिगको खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता हुने भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि क्यानले नै खेलाडी ड्राफ्ट गरेर टिम विभाजन गर्न लागेको हो । टी २० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

टिमहरुलाई आयोजकले खेलाडीको ड्राफ्टका लागि रजिष्ट्रेशन खुला गर्न लागेको जानकारी गराएका छ । कम्तिमा ५ दिनको समय दिएर एक दुई दिनमै अनलाईनमार्फत खेलाडी रजिष्ट्रेशन गर्नका लागि आह्वान गरिने छ । तर अहिले पनि विभिन्न देशबाट खेलाडीहरु सम्पर्कमा आएको टिम मालिकहरुले बताएका छन् ।

एक टोलीमा १६ जना खेलाडी रहँदा ११ जना नेपाली र ५ जना विदेशी खेलाडी राख्न पाइनेछ । क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्ससियल एण्ड स्ट्राटेजिक पार्टनरको रुपमा ८ वर्षका लागि सम्झौता गरिसकेको छ ।