काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई हराएकाे छ । वल्ड ट्राफाेडमा भएकाे खेलमा ब्राइटनले युनाइटेडलाई २–१ ले हराएकाे हाे ।
ब्राइटनका लागि पास्कल ग्राेले दुई गाेल गरे । उनले खेलकाे ३० र ३९ मिनेटमा गाेल गरे । युनाइटेडले एक गाेल आत्मघाती उपहार भयाे ।
ईपीएल २०२२/२३ सिजनकाे पहिलाे खेलमा नै युनाइटेड पराजित भयाे । याे जितसँगै ब्राइटन अङ्क तालिकाकाे पाँचाैँ स्थानमा पुगेकाे छ भने युनाइटेड १४ औँ स्थानमा छ ।



लोकपाटी न्यूज

