साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतमा

SAFF
लोकपाटी न्यूज

काठमाडौं। साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप फुटबल आज (सोमबार) देखि भारतमा सुरु हुँदैछ। भुवनेश्वरमा दिउँसो हुने उद्घाटन खेलमा नेपालको युवा टोलीले माल्दिभ्सको सामना गर्ने छ। कालिंगा स्टेडियममा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा ४ बजे सुरु हुने भएको छ। यसपटक साफ जित्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ।

नेपाली टोलीका कप्तान आयुष घलान टोलीका सबै भन्दा अनुभवी खेलाडी हुन्। सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन्। च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने भएको छ।

त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समूहको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्ने भएको छ। लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।