बारा। भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिन्जाली मगरको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही ठाउँमा भरुवा बन्दुकबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। दुधौरा खोलमा माछा मारी घर फर्किने क्रममा खोलाको सिरु घारीमा सिकारीले जङ्गली जनवारको लागि थापेको बन्दुकको धरापमा परी घाइते भएका उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना घटेको ठाउँबाट अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज

