एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

anfa
लोकपाटी न्यूज

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीबार (एन्फा अफिसियल) नामको आधिकारिक फेसबुक पेज ह्याक भएको जनाएको छ।

एन्फाले भेरिफाइड भएको उक्त पेजलाई पुनः आफ्नो पहुँचमा ल्याउन असफल भएको जनाएको छ। जसको कारण एन्फाले नयाँ फेसबुक सुरु गरिएको समेत जनाएको छ। एन्फाले पुरानो पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।