लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

लोकपाटी न्यूज

काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

लिभरपुलले समग्रमा ६-४ को जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले ३-१ को जित निकालेको थियो। घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई गोल गरे। त्यस्तै इब्राहिम कोन्टेले एक गोल गरे।

उता बेन्फिकाका लागि गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले एक/एक गोल गरे। अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ।