काठमाडों। एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान गएको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ।
बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित बिहीन बनेको थियो। नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो।
नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छ। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह-बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो।
त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले पराजित भएको नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग ८-१ गोल अन्तरले पराजित भएको थियो।



लोकपाटी न्यूज

