क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

Can
लोकपाटी न्यूज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले वृत्तान्त खनाललाई जनरल म्यानेजरमा नियुक्त गरेको छ। क्यानले  खनाललाई आइतबार म्यानेजरमा नियुक्त गरेको जनाएको छ।

क्यानले जनरल म्यानेजरका लागि गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो। जसमा ३४ जनाको आवेदन परेको थियो। क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो।

क्यानले छनोट भएका ९ जनाबाट खनाललाई नियुक्ति गरेको हो। उनको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ।