१५ अर्ब २५ करोडकाे ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

Nepal rastra bank
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा आउने मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरिने भएको छ। बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो।

बैंकका अनुसार बिल खरिदका लागि सार्वजनिक सूचना भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरूको बाँडफाँड हुने भएको छ। ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्टाइएको बैंकले जनाएको छ।

सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ।