काठमाडौं। शेयर कारोबार मापक नेप्से परिसूचक १४.४३ अंकले घटेको छ। तिहारको अघिल्लो दिन नेप्से शून्य दशमलव ५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ।
लगातार दुई कारोबार दिन बढेको नेप्से आज घटेको हो। आज ७५ कम्पनीको शेयर मूल्य बढ्यो भने १६४ कम्पनीको शेयर मूल्य घट्यो। ५ कम्पनीको मूल्य स्थिर रह्यो।
आज ५९ हजार ६९८ फटकको शेयर किनबेचबाट १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच भए। कुल ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कुल १३ उपसमूहमध्ये तीन वटा उपसमूह बढे भने अन्य उपसमूहहरु घटे। होटल तथा पर्यटन १६७.३७, निर्जीवन बिमा ६५.४३ र व्यापार ११.५२ अंकले बढ्यो। घट्ने उपसमूहहरुमा जीवन बिमा, उत्पादन तथा प्रशोधन, फाइनान्स अघि रहे।



लोकपाटी न्यूज

