काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत सामाजिक युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा टुसाल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सामाजिक युथ क्लब विजयी भएको हो।
सामाजिकको जितमा दुवै गोल सुरेश खत्रीले गरेका हुन्। खेलको छैटौं मिनेटमा सुरेशको गोलमार्फत सामाजिकले अग्रता दिएको थियो। पहिलो हाफको थप गरिएको समयमा उनैले टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि थप गोल निस्कन नसक्दा सामाजिकले २-० को सहज जित हात पार्यो। जितसँगै सामाजिकले १२ खेलमा १४ अंक जोड्दा पराजित टुसालको पनि समान खेलबाट १४ नै छ।



लोकपाटी न्यूज

