रुसले फिफा प्रतिबन्धविरुद्धको अपिल फिर्ता लियो

लोकपाटी न्यूज

एजेन्सी। रुसले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध विरुद्धको अपील फिर्ता लिएको छ। आफ्नो राष्ट्रिय टोलीबिनै विश्वकप छनोटका खेल सञ्चालन भएपछि रुसले प्रतिबन्धविरुद्ध ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’ (कास) मा गरेको अपील फिर्ता लिएको हो।

रूसका पुरूष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकायविरूद्ध खेलकुदको मध्यस्थता (क्यास) अदालतमा अपिल गरेको थियो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको थियो।रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्।

प्रतिबन्धसँगै रुसले विश्वकप छनोट अन्तर्गत पोल्याण्डविरुद्धको प्ले अफ खेल गुमाएको थियो। पोल्याण्ड विश्वकपमा छनोट भईसकेको छ। यो सँगै रुसले फिफा विश्वकप फुटबलमा लागेको प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको हो। बाँकी अपिल कायमै राखेको छ।

Tags