काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत जारी प्रतियोगितामा मध्यपुर युथ एसोसियसन र श्री भगवती क्लबका खेल बराबरीमा सकिएको छ।
आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर र श्री भगवतीको खेल गोलरहित बराबरीमा सकिएको हो। खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन्।
आजको खेल बराबरीमा सकिएसँगै मध्यपुरले ११ खेल १४ अंक जोडेको छ भने श्री भगवतीले ११ खेलबाट १५ अंक जोडेको छ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन्। यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन्।



लोकपाटी न्यूज

