काठमाडौं। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई १ सय ९४ रनको रनको लक्ष्य दिएको छ।
शनिबार घरेलु टिम मुम्बई इन्डियन्सविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १९३ रन बनायो।
उसका लागि ओपनिङ ब्याट्सम्यान जोस बटलरले शतकीय पारी खेले। उनले ६८ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए। राजस्थानका लागि कप्तान सन्जु सामसनले ३० रन र शिमरन हेटमेयरले ३५ रनको योगदान गरे।
बलिङमा मुम्बईका बुहराह र टइमल मिल्सले ३/३ विकेट लिए। सिजनमा राजस्थानले पहिलो खेलमा जित निकाल्दा मुम्बई पहिलो खेलमा पराजित भएको थियो।



लोकपाटी न्यूज

