काठमाडौं। काठमाडौंमा जारी त्रिदेशीय सिरिज अन्तर्गत मलेसियाले विजयी सुरुवात गरेको छ। टियू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ८ रनले हराउँदै मलेसियाले विजयी सुरुवात गरेको हो।
प्रतियोगिताको दोस्रो खेलमा मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीडनजीले १९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो। पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले।
त्यस्तै, नोर्मान भानुवाले ४५, सिमोन अटाइले १५ र असाद भालाले ११ रनको योगदान दिए। मलेसियाका लागि बलिङमा शर्भिन मुनियाण्डीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, मुहम्मद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट हात पारे।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो। मलेसियाका लागि विरन्दिप सिंहले ५६, कप्तान अहमद फाईजले नटआउट ५९ र साएद अजिजले ४७ रन बनाए।
पीएनजीका लागि बलिङमा नोर्मन भानुवाले २ र नोसेन पोकानाले १ विकेट हात पारे। त्रिदेशीय सिरिजको तेस्रो खेलमा बुधबार नेपाल र मलेसियाबीच भिडन्त हुँदैछ।



लोकपाटी न्यूज

