ग्लोबल आइएमई बैंकद्वारा थप सेवा

लोकपाटी न्यूज

काठमााडौं। ग्लोबल आइएमई बैंकले नेपाल र भारतमा रहेका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस) सँग सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको बर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन।

सेवा सञ्चालनमा आउने वित्तिकै यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव बैंकले जनाएको छ।