काठमाडौं। महेन्द्र सिंह धोनीले आईपीएल २०२२ सुरु हुनुअघि चेन्नई सुपर किंग्स (सीएसके) को कप्तानी छोडेका छन्। सीएसकेको कप्तानी छोड्ने निर्णय धोनीकै रहेको जनाइएको छ।
उनी सन् २००८ देखि निरन्तर सीएसकेको कप्तानी सम्हाल्दै आइरहेका थिए। धोनीले कप्तानी छोड्ने निर्णय लिएपछि आसन्न सिजनको आईपीएलका लागि चेन्नईले रवीन्द्र जडेजालाई नयाँ कप्तानको रुपमा नियुक्त गरेको छ।
धोनीले कप्तानी छोडे पनि यो सिजनको आईपीएल खेल्ने चेन्नइले जानकारी दिएको छ। धोनीले नेतृत्व हस्तान्तरण गर्न चाहेको पनि चेन्नईको भनाइ छ।
धोनीको कप्तानीमा चेन्नईले चार पटक आईपीएलको ट्रफी जितेको छ। उनी आईपीएलका सबैभन्दा दोस्रो सफल कप्तान हुन्। आईपीएल २०२२ को उद्घाटन खेलमा चेन्नई र कोलकता नाइटराइडर्स २६ मार्चमा भिड्ने छन्।



लोकपाटी न्यूज

