काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। उनले ६३ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।
पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटको रुपमा आसिफलाई सुरुवातमै गुमाइसकेको थियो। तर, अहिले कुशल र आसिफको जोडी मैदानमा टिकेको छ।
पीएनजीले आज टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।
उसका लागि कप्तान असद वालाले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, लेगा सियाकाले २०, सेसे बाउले १९, नर्मन भानुआले १८, चार्ल्स अमिनीले १३ र चाड सोपरले अविजित २२ रनको योगदान दिए।
नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने, सोमपाल कामीले २/२, करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।
विश्वकप लिग-२ अन्तर्गत नेपाललको यो चौथो तथा अन्तिम खेल हो। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पीएनजीलाई पराजित गरेको थियो भने दोस्रो र तेस्रो खेलमा यूएईसँग हार व्यहोरेको थियो।



लोकपाटी न्यूज

