‘बी’ डिभिजन लिग : श्री कुमारी र टुसालको खेल बराबरीमा सकियाे

लोकपाटी न्यूज

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत श्री कुमारी क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा श्री कुमारी र टुसालबीचको खेल १-१ को बराबरीमा सकिएको हो।

श्री कुमारीका लागि खेलको छैठौँ मिने आरुज सिंह र टुसालका लागि धिरेन्द्र बहादुर एकएक गोल गरे।

आजको खेल बराबरीमा सकिएसँगै टुसालले ७ खेलबाट ८ अंक जोडेको छ भने श्री कुमारीले ७ खेलबाट ७ अंक जोडेको छ।