काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव र राई सम्मिलित जसपा मुख्यालय बैठकले राईको नेतृत्वमा २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने संघीय परिषदका अध्यक्ष भट्टराई बताउँछन्। साथै जसपाले स्थानीय तह चुनाव केन्द्रित पार्टी अभियानमा सबैलाई तन, मन र धनले होमिनसमेत आग्रह गरेको छ।



लोकपाटी न्यूज

