काठमाडौं। चर्च ब्वाइजले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो हार व्यहोरेको छ। शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवती क्लबसँग २-१ ले पराजित भएसँगै चर्च ब्वाइजले पहिलाे हार व्यहोरेको हो।
खेलको १६ औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २० औं मिनेटमा राज काङ्गदङ्वाले गोल गर्दै चर्च ब्वाइजलाई १औ१ गोलको बराबरीमा ल्याएका थिए।
त्यसपछि खेलको ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए। आजको जितसँगै श्री भगवती जारी प्रतियोगितको शीर्ष स्थानमा उक्लिएको छ। उसले ३ खेलबाट १३ अंक जोडेको छ।
त्यस्तै, आजको हारसँगै चर्च ब्वाइज ६ खेलमा ११ अंकका साथ तालिकाको स्थानमा रहेको। लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।



लोकपाटी न्यूज

