काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियनका पूर्व अलराउण्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ। दिल्लीले मंगलबार ४० वर्षीय वाट्सनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।
दिल्लीको कोचिङ स्टाफमा अष्ट्रेलियाको रिक्की पोन्टिङ मुख्य प्रशिक्षक छन्। यस्तै प्रविन आम्रे सहायक प्रशिक्षक, अजित अग्राकार सहायक प्रशिक्षक र जेम्स होप्स बलिङ प्रशिक्षकको रुपमा छन्।
दिल्लीको सहायक प्रशिक्षक नियुक्त भएपछि वाटसनले आईपीएल विश्वकै उत्कृष्ट प्रतियोगिता भएको भन्दै आफूले धेरै उत्कृष्ट क्षणहरु बिताएको र अहिले प्रशिक्षणको अवसर पाउँदा उत्साहित रहेको बताए।
उनले दिल्लीको टिम उत्कृष्ट रहेको र आफू टिमसँग जोडित बतुर रहेको पनि बताएका छन्। वाटसनले खेलाडीको रुपमा राजस्थान रोएल्सबाट सन् २००८ मा पहिलो संस्करणकै उपाधि जितेका थिए।
वाटसनले चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्सबा६ पनि आईपीएल खेलेका छन्। उनले चेन्नाईबाट दुई पटक उपाधि जितेका थिए। त्यस्तै, उनले अष्ट्रेलियाबाट दुई पटक एकदिवसीय विश्वकपको उपाधि जितेका छन्।



लोकपाटी न्यूज

