बी डिभिजन लिग : खुमलटारविरुद्ध टुसालकाे फराकिलाे जित

लोकपाटी न्यूज

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबविरुद्ध सहज जित निकालेको छ।

टुसालले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा खुमलटारमाथि ३-० गोल अन्तरको फराकिला जित हाप पारेको हो।

खेलको ३६ औं मिनेटमा खुमलटारका रमेश थापाले आत्मघाती गोल गरेपछि टुसालले अग्रता लिएको थियो।

८३ औं मिनेटमा दीपकुमार लामाले टुसालको अग्रता दोब्बर बनाए। ८९ औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै टुसाललाई ३-० को सहज जित दिलाए।

आजको जितसँगै टुसालले ५ खेलमा ६ अंक जोड्दा पराजित खुमलटारको पनि समान खेलबाट ६ अंक नै छ।