काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन फुटबल अन्तर्गत नयाँ बस्ती युथ क्लब र झम्सीखेल युथ क्लबले बराबरी खेलेका छन्। सोमबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा नयाँ बस्ती र झम्सीखेलले १-१ को बराबरी खेलेका हुन।
नयाँ बस्तीका लागि सुमन योङग्या र सम्झीखेलका लागि संजय रम्तेल गोल गरे। खेलको १४ औं मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, १८ औं मिनेटमा झम्सीखेलका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
बराबरीसँगै नयाँ बस्तीले ५ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथों स्थानमा यथावत रहेको छ। यता झम्सीखेलले ५ खेलबाट ६ अंक जोडेको छ।



लोकपाटी न्यूज

