काठमाडौं। न्यूजिल्याण्डमा जारी आईसिसी महिला एकदिवसीय विश्वकपमा बंगलादेशले पहिलो जित हात पारेको छ। ह्यामिल्टनमा सोमबार भएको खेलमा पाकिस्तानलाई ९ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो।
बंगलादेशले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २५ रन मात्र बनाउन सक्या। पाकिस्तानका लागि सिद्रा अमिनले शतकीय पारी खेलिन्। उनले १४० बलमा ८ चौकाका् मद्दतमा १०४ रन बनाइन्।
त्यस्तै, नहिदा खानले ४३ रन जोडिन्। पाकिस्तानले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि बंगलादेशी बलरले पुनरागमन गर्दै पाकिस्तानलाई जितबाट रोके। बंगलादेशका लागि बलिङमा फहिमा खातुनले ३, रुमान अहमदले २, जहनारा आलाम र सल्मा खातुनले समान १/१ विकेट लिइन्।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाएर २३४ रन बनायाे। बंगलोदशका लागि फरगानाले सर्वाधिक ७१ रन बनाइन् । त्यस्तै, कप्तान निगर सुल्तानाले ४६ र शार्मिन अख्तरले ४४ रन जोडिन्।
पाकिस्तानका लागि बलिङमा नश्रा सान्धुले ३, फतिमा साना, निदा दार र ओमाइना सोहिलले र१ विकेट लिइन्। ८ टोली सहभागी विश्वकपमा बंगलादेशले अंकको खाता खोल्दा पाकिस्तान लगातार चौथो हारपछि अंङ्कविहीन हुँदै पुछारमा छ।



लोकपाटी न्यूज

