काठमाडौं। नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ। बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो।
बैंकले आइतबार एक सूचना सार्वजनि गर्दै बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ। सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ। ब्याज भने ६६ महिनामा वितरण हुनेछ।
इच्छुक खरिदकर्ता (लगानीकर्ता)ले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ। यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछ।



लोकपाटी न्यूज

