महिला वानडे विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको फराकिलो जित

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आइसिसी महिला एकविदसीय विश्वकप अन्तर्गत भारत वेष्ट इण्डिजविरुद्ध १ सय ५५ रनले विजयी भएको छ। यो जितसँगै भारतको जारी प्रतियोगितामा दोस्रो जित हो।

शनिबार न्यूजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाए २ सय १७ रन बनायो। उसका लागि ओपनिङ ब्याट्सम्यान स्मृति मन्धनाले १२३ रनको शतकीय पारी खेलिन्।

त्यस्तै, हर्मनप्रीत  कौरले १०७ बलमा १०९ रनको योगदान दिइन्। जवाफमा वेष्ट इन्डिजले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो। भारतका लागि बलिङमा  स्नेह रानाले ३ र मेघ्ना सिंहले २ विकेट लिइन्।

यो जितसँगै भारत विश्वकपको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै, आजको हारसँगै वेष्ट इण्डिज तालिकाको पाँचौ स्थानमा झरेको  छ।