काठमाडौं। नयाँ बस्ती युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत नयाँ बस्ती युथ क्लबले दोस्रो जित हात पारेको छ। शुक्रबार एन्फा कम्पलेक्समा भएको खेलमा ब्वाईज युनियन क्लबलाई ३-२ ले पराजित गर्दै नयाँ बस्तीले दोस्रो जित हात पारेको हो।
नयाँ बस्तीको जितमा सुमन योंग्य, रोशन आङदेम्बे र सोम थापा एक/एक गोल गरे। ब्वाईज युनियनका लागि विनोद राई र दिवस मास्केले एक/एक गोल गरे। खेलको १७ औँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई अग्रता दिलाएका थिए।
खेलको ३९ औं मिनेटमा ब्वाईज युनियनका लागि विनोदले गोल गरेर खेल बराबरीमा ल्याए। तर, खेलको ५० औं मिनेटमा दिवसले गोल गर्दै ब्वाईज युनियनलार्य २-१ को अग्रतामा पुर्याए।
खेलकाे ६९ औं मिनेटमा भने नयाँ बस्तीले रोशनको गोलमा खेललाई बराबरीमा ल्याउदा ८२ औं मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले जित दर्ता गर्यो।
आजको जितसँगै चार खेलबाट ६ अंक जोड्दै चौथों स्थानमा उक्लिएको छ। यता ब्वाईज युनियनको चार खेलमा यो तेस्रो पराजय हो।



लोकपाटी न्यूज

