- मिलन आफन्त
विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो। कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व थिए। कार्ल मार्क्सको आमाको नाम हेनरि येट्रर हो भने मार्क्सको जन्म हल्याण्डमा भएको हो।
सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल) मा आफ्नो प्रारम्भिक अध्ययन पुरा गरे। किशोर मार्क्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यसबेला भयो, जुन बेलामा उनले ‘पैसा छनौटबारे एक किशोरको बिचार’ भन्ने निबन्ध लेखे। उक्त निबन्ध प्रबोधन कालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ।
अक्टोबर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना भए। उनीले आफूले अध्ययन गर्ने विषय कानुन विभाग रोजे। विश्वविद्यालयमा मार्क्स कानुनशास्त्रको साथै साहित्य, नविनतम कला इतिहासु, सौन्दर्य शास्त्रको पनि अध्ययन गर्न पछि परेनन्। बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासको लागि बढी सुविधा भएको हुनाले मार्क्स बोनमा एक वर्ष अध्ययन गरेपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गरे।
बर्लिनमा मार्क्स निकै परिश्रम गर्नपछि परेनन्, जसको फलस्वरूप उनको बौद्धिक विकास पनि तीव्र गतिले हुन थाल्यो। बर्लिनमा मार्क्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त थिए, जस अन्तर्गत उनले मुख्यतया दर्शनशास्त्र र इतिहासको अध्ययन गरे। मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाले, अंग्रेजी र इटालियन भाषा पनि सिक्न थाले। छोटै समयमा मार्क्स महान् बौद्धिक व्यक्तिगत बन्न सफल भए।
बर्लिन जानु पूर्व मार्क्सले सन् १८३६ को गृष्म कालमा जेनी फोन बेष्टफालेनसँग विवाह बन्धनमा जोडिए। जेनी अभिजात वर्गकै युवति थिइन् तसर्थ पनि जेनीका बुबा आमाले यस विवाहलाई अस्वीकार गर्न सक्ने सम्भावना देखिन्थ्यो। जेनी असाध्यै राम्री युवती थिइन् भने मार्क्स बौद्धिक प्रतिभा थियो। त्यसो त मार्क्स नत अभिजात वर्गमा नै पर्थे, नत एउटा विद्यार्थी व्यक्ति मार्क्स त्यति धनी नै थिए। तथापि जेनीले मार्क्सलाई पूर्णरुपमा साथ दिए। जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी थिए। जेनीको तीक्ष्ण वृद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन्, त्यही गुणले उनले पनि मार्क्स जस्तो महान् व्यक्तित्वलाई जीवन साथीको रूपमा पाए। कार्ल मार्क्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा जति मार्क्सको भूमिका छ, त्यति नै कर्म जेनीको पनि छ। मार्क्स र जेनी सफल विवाहित जोडी भनेर कहलिएका थिए।
कार्ल मार्क्सले डाक्टरी थेसिस ‘डेमोक्रिटको प्रकृति दर्शन र एपिकुरको प्रकृति दर्शनबीचको भेद’ विषयमा तयार पारेका थिए। यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो। जुन अध्यात्मवादी चिन्तनले प्रभावित थियो। प्रोइसेन राजधानीमा रहेको विश्व विद्यालयमा आफ्नो थेसिसको वास्तविक मूल्यांकन हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसकेका थिए। तसर्थ उनले इयेना विश्व विद्यालयमा आफ्नो थेसिस पठाए र अप्रिल १८४१ मा दर्शन शास्त्रको डाक्टरको उपाधि प्राप्त गरे। त्यसपछि उनी अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुगे।
सबभन्दा प्रगतिशील र सबभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका मार्क्सले फेडस्खि एंगेल्सको रूपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेटाए। मार्क्सभन्दा दुई वर्ष कान्छा एंगेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो।
‘राजनीतिक अर्थशास्त्रको आलोचना बारे केही खेसाहरु’ शीर्षक एंगेल्सको कृतिसँग मार्क्सको परिचयपछि उनीहरू बीच पत्र व्यवहार सुरु भयो। अगस्ट १८४४ मा बेलायतबाट जर्मनी फर्कँदा एंगेल्सले पेरिसमा मार्क्ससँग भेट गरे। दश दिनको उनीहरूको यस संसर्गमा पछि गएर एंगेल्सले सम्झना गरेका थिए, ‘सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्णरुपमा देखा पर्यो र त्यसै बेला देखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो।
मार्क्स र एंगेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान दिग्गजहरूको सहयोगको थालनी गर्यो। यस सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीति तिर कार्य नीतिको जग बसालेको थियो। मार्क्स र एंगेल्स विश्व कम्युनिष्ट आन्दोलनका मार्ग दर्शक हुन। उनीहरूले देखाएको मार्गमा विश्वभरका कम्युनिष्टहरु हिँडिरहेका छन्। विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ। उनले आफ्नो सहकर्मी एंगेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणा पत्र, पुँजी लगायत दर्जनौं ऐतिहासिक कृतिहरू तयार पारे। जसले साम्यवादी आन्दोलनमा लागेका लागि सदासर्वदा मार्ग सर्दन गरिरहने छ। हाल मार्क्सको मार्गदर्शक सिद्धान्तले उनी विश्व भरीका कम्युनिष्टहरुको मुटुको धड्कनमा बसेका छन्।



लोकपाटी न्यूज

