काठमाडौं। खुमलटार युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत दोस्रो जित हात पारेको छ। बुधवार एन्फा कम्पलेक्समा भएको खेलमा बाँसबारी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै खुमलटारले दोस्रो जित हात पारेको हो।
खेलको २९ औँ मिनेटमा सविन केसीले खुमलटारका लागि गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बन्यो। आजको जितसँगै खुमलटार तीन खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
त्यस्तै, आजको हारसँगै बाँसबारीले तीन खेल खेल्दा दुईमा हार व्यहोरेको छ। जारी ‘बी’ डिभिजन लिगमा बाँसबारीले केबल १ अंकमात्र प्राप्त गरेको छ।
जारी ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा चर्च ब्वाईज रहेको छ। श्री भगवती क्लब र चर्च ब्वाईजको अंक समान ६ रहे पनि गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्षमा रहेको हो।



लोकपाटी न्यूज

