मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

लोकपाटी न्यूज

काठमाडौं। मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्सअन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ। दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो।

लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ। यो घटनाबारे धरै कोणबाट अपुष्ट र विरोधाभास सूचनाहरू सार्वननिक भइरहेका छन्। झडपमा सहभागी हुल्याहा समूहका अनुसार घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। सयौंको संख्यामा गम्भीर घाइते छन्। दर्शकको संवेदनशीलतालाई सम्मन नगरी घटनाको तस्वीर र भिडियो सार्वजनिक गरिएकोमा स्थानीय पत्रकारहरूको आलोचना भइरहेको छ।

घटनाको क्रममा खिचिएको तस्वीर र भिडियो हेर्दा के प्रष्ट हुन्छ भने समूहगत रुपमा भएको झडपमा थुप्रै मानिस हताहत भएका छन् । तर, लिगा एमएक्स र क्वेरेटारो एफसीले घटनामा कसैको पनि निधन नभएको दावी गरेको छ। तर, आलोचकका अनुसार उनीहरू घटनाको सत्यतथ्य पहिल्याउन असफल छन् कि त वास्तविकता बाहिर ल्याउन चाहँदैनन्।

नासियो सुवारेज नाम गरेका एकजना पत्रकारले त्यहाँको वास्तविकता पत्ता लगाउने प्रयास गरेका छन्। उनले ट्वीटरमार्फत केही महत्त्वपूर्ण सूचना दिएका छन्। स्थानीय अधिकारीले २२ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर गम्भीर रहेको बताइएको छ।