एकदिवसीय विश्वकप : पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुवात

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी एकदिवसीय विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई १ सय ७ रनले हराउँदै भारतले विजयी सुरुवात गरेको। यता पाकिस्तानले भने विश्वकपमा हारबाट सुरुवात गरेको छ।

भारलतले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। उसका लागि सिद्रा आमिनले सर्वाधिक ३० रनको योगदान दिइन्। त्यस्तै, डायना बेगले २४, फातिमा सानाले १७, कप्तान बिस्माह मारुफले १५, सिद्रा नवाजले १२, आलिया रियाज र जवेरिया खानले ११/११ रन बनाइन्।

भारतका लागि बलिङमा राजेश्वरी गायकवाडले सर्वाधिक चार विकेट लिइन् । त्यस्तै, झुलन गोस्वामी, स्नेहा राणले २/२, मेघना सिंह र दिप्ती शर्माले एक/एक विकेट लिनइ्। त्यसअघि, माउन्ट माउगानुईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो।

उसका लागि पूजा वस्त्रकारले ६७, स्नेहा राणाले अविजित ५३, स्मृति मन्धानाले ५२ र दीप्ती शर्माले ४० रन बनाइन्।पाकिस्तानका लागि बलिङमा नशरा सन्धु, निदा डारले दुई/दुई, अनम अमीन र डायना बेगले एक/एक विकेट हात पारिन्।