‘बी’ डिभिजन लिग : श्री भगवतीको विजयी सुरुवात

लोकपाटी न्यूज

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत श्री भगवती क्लबले विजयी सुरुआत गरेको छ।बुधबार एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै श्री भगवतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

श्री भगवतीको जितमा रमेश राई, मिलन खड्का र अनिल गुरुङ एकरएक गोल गर्न सफल भए। झम्सिखेलको तर्फबाट मन कुमार राईले एक गोल फर्काए। खेलको २४ औं मिनेटमा अनिलको गोलमा श्री भगवतीले झम्सिखेलमाथि अग्रता बनाएको थियो।

तर, ३८ औं मिनेटमा झम्सिखेलको तर्फबाट गोल गर्दै १औ१ को बराबरीमा ल्याए। खेलको ५१ औं मिनेटमा रमेशको गोलमा श्री भगवतीले झम्सिखेलमाथि २१ अग्रता बनायो। त्यसपछि खेलको ६३ औं मिनेटमा मिलनले गोल गर्दै श्री भगवतीलाई ३१ को जित दिलाए।

आजको जितसँगै श्री भगवतीले ३ अंक जोडेको छ। झम्सिखेलले हारबाट लिगको सुरुआत गरेको छ। लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।