काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टिम पञ्जाब किंग्सले भारतीय क्रिकेट टिमका ब्याट्सम्यान मयंक अग्रवाललाई आसन्न सिजनको लागि आफ्नो टिमको कप्तानको रुपमा नियुक्त गरेको छ।
पञ्जाबले आफ्नो ट्वीटर हेन्डलमार्फत अग्रवाललाई सोमबार नयाँ कप्तानको रुपमा नियुक्त गरेको कुरा सार्वजनि गरेको छ। सन् २०१८ देखि नै पञ्जाबमा रहेका अग्रवाल अघिल्लो सिजनमा केलएल राहुलको कप्तान हुँदा उनी उपकप्तान थिए।
तर, राहुलको अनुपस्थितिमा अग्रवाल पञ्जाबले अग्रवाललाई नयाँ कप्तानको रुपमा नियुक्त गरेको हो। आईपीएल २०२२ को घेगा अक्सनअघि नै पञ्जाबले अग्रवाललाई रिनेट गरिसकेको थियो।
पञ्जाबले हालसम्म आईपीएलको उपाधि हात पार्न सकेको छैन। अब अग्रवालको उदेश्य पञ्जाबलाई पहिलो पटक आईपीएल ट्रफी जिताउने हुनेछ।



लोकपाटी न्यूज

