काठमाडौं । तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा भारत श्रीलंकाविरुद्ध ६२ रनले विजयी भएको छ। यो जितसँगै उसले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। भारतले दिएको २०० रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
उसका लागि चरिथा असलंकाले अविजित ५३, दुश्मन्था चामेराले २४, चमिका करुणारत्नेले २१, कमिल मिश्राले १३, जनिथ लियानागेले ११ र दिनेश चन्डिमलले १० रन बनाए। बलिङमा वैंकटेस अय्यर, भुवनेश्वर कुमारले दुई/दुई, रवीन्द्र जडेजा र युजवेन्द्र चहलले एक/एक विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारत २० ओभरमा विकेट गुमाएर १ सय ९९ सय रन बनायो। उसका लागि इशान किशनले अर्धशतकीय पारी खेले। उनले ५६ बलमा १० चौका र तीन छक्काको मद्दतमा ८९ रन बनाए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इशानको यो हालसम्मकै उच्च पारी हो। यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ५६ रन थियो।
त्यस्तै, श्रेयस अय्यरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा अविजित ५७ रन बनाए। कप्तान रोहित शर्माले ४४ रनको योगदान दिए। बलिङमा लाहिरु कुमारा र दसुन शनाकाले एकरएक विकेट लिए। भारत र श्रीलंकाबीचको दोस्रो टी२० म्याच शनिबार हुनेछ।



लोकपाटी न्यूज

