काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) को यही फागुनमा हुने भनिएको जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ।
ललितपुरमा बिहीबार बसेको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै यही फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
‘एन्फा सदस्य संस्थाहरू मध्ये जिल्ला फुटबल संघहरुको निर्वाचन पूर्वनिर्धारित समय अनुसार २०७८ फागुन १५ देखि ३० गते भित्र सम्पन्न गर्नको निम्ति पत्राचार गरिएकोमा प्रविधिक कारणवश जिल्ला फुटबल संघहरुको निर्वाचन स्थगन गर्नु पर्ने भएकोले सचिवालयबाट अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय पारित गरियो।’
एन्फा महासचिव इन्द्रमान तुलाधरबाट जारी विज्ञप्तिमा भनिएको छ। एन्फाले आगामी जेठ १५ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ। तर, जिल्ला निर्वाचन नै स्थगित भएपछि संघको निर्वाचनसमेत प्रधावित हुन सक्नेछ।



लोकपाटी न्यूज

