काठमाडौं । भारत र श्रीलंकाबीचको तीन खेलको टी-२० सिरिजअघि भारतीय टोलीलाई झट्का लागेको छ। टोलीका दुई महत्वपूर्ण खेलाडी चोटका कारण सिरिजबाट बाहिरिने भएका छन्। भारतीय सञ्चार माध्यामका अनुसार मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादव र बलर दीपक चाहर श्रीलंकासँगकाे टी-२० सिरिजब गुमाउने भएका हुन्।
वेष्ट इण्डिजसँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका सूर्यकुमारको हातमाका कपाल भाँचिएको छ जसका कारण उनी श्रीलंकाविरुद्धको सिरिज खेल्न नसक्ने भएका छन्। क्रिकबजको रिपोर्टका अनुसार वेष्ट इण्डिजविरुद्धको सिरिजको अन्तिम खेलमा सूर्यकुमार घाइते भएका थिए। हालसम्म उनको चोटको गम्भिरताको बारेमा कुनै बयान आएको छैन।
अर्कोतर्फ, बलर दीपक चाहर मंगलबार लखनउमा अभ्यासका क्रममा असहज देखिए। उनी पनि ह्यामस्ट्रिङको चोटका कारण श्रीलंकाविरुद्धको टी-२० सिरिजबाट बाहिरिने भएका हुन्। उनको चोटका कारण उनी ५ देखि ६ साता मैदानबाट टाढा रहन सक्ने बताइएको छ।
भारतीय हालमै वेष्ट इण्डिजसँगको को तीन खेलको वानडे र टी-२० सिरिज क्लिनस्वीप गरेको थियो। अब भारत श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिजमा प्रवेश गर्ने छ। सिरिजको पहिलो खेल २४ फेब्रुअरीमा लखनउमा हुनेछ। यो शृङ्खला अघि नै सूर्यकुमार र दीपक चाहर घाइते भएको खबर चिन्ताजनक छ।



लोकपाटी न्यूज

