गायक तेजस रेग्मीको ‘कुमारी’ गीत बजारमा (भिडियोसहित)

tejash Regmi
लोकपाटी न्यूज

काठमाडौं। सर्जक तथा लोकदोहोरी गायक तेजस रेग्मीको नयाँ गीत ‘कुमारी’ बजारमा आएको छ। गायिका समिक्षा अधिकारी र तेजस रेग्मीको स्वर रहेको उक्त ‘कुमारी’ गीतको म्यूजिक भिडियो गायक तेजश रेग्मीको आफ्नै युट्युव च्यानल तेजश रेग्मीमार्फत् सार्वजनिक गरिएको छ।

‘कुमारी’ बोलको गीतमा गायक रेग्मीले महिलाको वियोगान्त कथा दमदार देखाउन खोजेका छन्। गायक रेग्मीले नै शब्द, संगीत र रचना गरेको गीतलाई एच बि एन किस्मतले एरेन्ज गरेका छन्। दिपक गिरीको छायांकन रहेको भिडियोमा मनोज कार्कीले सम्पादन गरेका हुन भने गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन्।

यस गीतलाई दर्शकले अत्यधिक मन पराएको गायक रेग्मीको युट्युव च्यानलमा कमेन्ट गरेका छन्। उक्त गीतको भिडियोमा तेजस रेग्मी, लोमस शर्मा र रोशनी कार्कीको अभिनय रहेको छ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्