काठमाडौं। चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतले आफ्नो चलचित्र भोलि (बिहीबार) बाट हलमा नलगाउने निर्णय गरेको जानकारी गराएका छन्।
‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भनेका छन्। साथै, उनले ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत भेट हुने पनि जानकारी गराएका छन्।
निश्चलले दर्शकलाई आफ्नो चलचित्र हेर्नका लागि एप डाउनलोड गर्न समेत आग्रह गरेका छन्। उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुनेछैन।
उत्साहजनक सोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो । चलचित्रले पहिलो साताभरि फिल्म उत्साहजनक व्यापार गर्न सफल भयो।
राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ , राम्रो अकुपेन्सी हुँदाहुँदै हिन्दी फिल्मलाई बढी सो दिएर नेपाली फिल्मलाई कम शो दिएको भन्दै एक दिन अघि पनि उनले सामाजिक सञ्जालमा स्टास राख्दै आक्रोस पोखेका थिए ।



लोकपाटी न्यूज

