काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’का क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेका छन्।
दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेकोले आवश्यक कारबाहीका लागि बस्नेतले सोमबार उजुरी दिएका हुन् ।
आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता एकाउन्ट ब्लक गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरेका छन् । यसअघि प्रदर्शनरत फिल्मको भिडिओ क्लिप सामाजिक सञ्जालमा अपलोड हुनेक्रम बढेसँगै चलचित्र विकास बोर्डले केही दिनअघि सूचना जारी गर्दै सचेत गराएको थियो ।
हलबाट फिल्म पाइरेसीमा पर्दा निर्माताले घाटा व्यहोर्नुपर्ने अवस्थासमेत देखिने गरेको छ । ‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो । यसमा स्वस्तिमा खड्का र निश्चल शीर्ष भूमिकामा छन् ।



लोकपाटी न्यूज

