काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंक सुपरिबेक्षण विभागमा कार्यरत भट्टलाई बुधबार गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि नियमन विभागका प्रमुख देवकुमार ढकाल प्रवक्ता रहेका थिए । राष्ट्र बैंकको भूक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अवकाश बिदामा बसेसँगै उक्त विभागको जिम्मेवारी ढकाललाई दिइएकाे थियाे।
सोही कारणले प्रवक्ताको जिम्मेवारी भट्टलाई दिइएको हो । यसअघि २०७७ चैतसम्म भट्ट नै प्रवक्ताको जिम्मेवारीमा थिए । उनले पुस १ गतेदेखि जिम्मेवारी सम्हाल्नेछन् ।



लोकपाटी न्यूज

