शेयर बजारमा पहिराे : आज कति अङ्कले घट्याे नेप्से ?

लोकपाटी न्यूज

काठमाडाैं। साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । निरन्तर ओरालाे लागेकाे शेयर परिसूचक नेप्सेमा आज दिउँसो साढे १ बजे सम्ममा एक सय अंकको गिरावट आएको हो ।

४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंककाे बिन्दुमा आइपुगेको छ । यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यसअघि, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए ।तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको साे सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।

यता अर्थमन्त्री जनार्दन शर्माले भने शेयर बजार घटाउने/बढाउनेमा मन्त्री वा नेताकाे कुनै भूमिका नरहने भन्दै लगानीकर्ताहरुलाई ढुक्क हुन आग्रह गरेका छन्। बिग्रिएकाे पूँजी बजार सुधार्नकाे लागि सरकार लागि परिरहेकाे समेत उनले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्