काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारकाे रमझम हिजाेबाट बढेकाे छ। हिजाेबाट यमपञ्चक अथवा तिहार सुरु भएसँगै रमझम बढेकाे हाे।
आज लक्ष्मीपूजा हाे यस दिन धनकी देवी लक्ष्मीकाे विशेष पूजा आराधना गरिन्छ। आज पूजाआजा गरी धनधान्यकी देवी लक्ष्मीलाइ खुसी बनाउन सके धन आर्जन हुने र परिवारमा सुख छाउने विश्वास रहेकाे छ।

तिहार अथवा शुभदीपावलीकाे शुरुवातसँगै किनमेलका लागि बजारमा मानिसहरुकाे चहलपहल बढ्न थालेको छ । साथै तिहार मनाउनकाे लागि काठमाडाैं उपत्यका छाेडेर घर फर्किनेकाे संख्या पनि बढेकाे छ।
बजारमा तिहारको लागि चाहिने घर सजावटका फूलहरु, झिलिमिली बत्ति, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतका सामग्री किन्नेको घुइँचो बढेकाे छ ।

तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइलाइ विभिन्न परिकारसँगै उपहार दिने भएकाले पनि बजारमा किनमेल गर्नेको भीड लाग्ने गर्छ। दिदीभाइ बीचकाे पवित्र पर्वका रुपमा तिहार मनाउने प्रचलन रहिआएकाे छ।
साेही अनुसार भाइटीकाकाे दिन दिदीबहिनीले मिठा मिठा खाने कुराऽ विभिन्न उपहार आफ्ना दाजुभाइलाइ टिकाे लगाएर दिने र दाजुभाइले साेहीअनुसारकाे दक्षिणा दिने प्रचलन रहेकाे छ।

तिहारकाे रमझम बढेसँगै काठमाडौंका जमल, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, भृकुटीमण्डप लगायतका ठाउँमा किनमेल गर्नेहरुको घुइँचो बढेकाे छ।




लोकपाटी न्यूज

