प्रदेश १ काे मुख्यमन्त्री बन्दै एकीकृत समाजवादीका राजेन्द्र राई

लोकपाटी न्यूज

काठमाडौं। प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। मुख्‍यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि उनले नयाँ मुख्यमन्त्रीका लागि आफ्नाे दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरे लगत्तै नेकपा विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने प्रस्ताव पेश गरेको हाे। राईले ५० जना सांसदको समर्थन रहेको निवेदन प्रदेश प्रमुखलाई बुझाएका छन्।

राईले भोलि नै आफ्नो नेतृत्वमा सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् बन्ने बताएका छन्। यसअघि प्रदेश नम्बर १ मा शेरधन राईकाे राजीनामापछि भीम आचार्यकाे नेतृत्वमा प्रदेश सरकार बनेकाे थियाे। अब फेरि राजेन्द्र राई नेतृत्वकाे सरकार बन्न लागेकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्