काठमाडौं । आइतबार ८ अर्ब नजिक कारोबार भएको सेयर बजारमा सोमबार गिरावट आएको छ। कारोबारको अघिल्लो दिन सोमबार ५५.५० अंकले बढेर २८ सय ३७.६१ बिन्दुमा पुगेको नेप्से यसदिन १७.७५ अंकले ओरालो लागेको छ।
यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर ७ अर्ब ७७ करोड ७५ लाख मूल्यमा खरिदबिक्री भयो। सेन्सेटिभ इण्डेक्स पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा पुगेको छ।
सोमबार २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये ३ बाहेक अरु सबैको परिसूचक घटेको छ। बैंकिङ, होटल तथा टुरिजम र लगानी समूहको परिसूचक क्रमश ०.२५,०.२३ र ०.४३ प्रतिशतले सेयर मूल्य घटेको हो।
तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मानुसी लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र साहस उर्जाको सेयर मूल्यमा सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा यसदिन महालक्ष्मी विकास बैंक शीर्षस्थानम रह्यो। यो कम्पनीको ३६ करोड ५८ लाख ७१ हजार मूल्य बराबरमा सेयर बिक्री भएको छ।



लोकपाटी न्यूज