शेयरमा नसाेचेकाे सुधार, कति अङ्कले बढ्याे नेप्से ?

लोकपाटी न्यूज

काठमाडौं। साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार देखिएकाे छ । आइतबार ५५ दशमलव ५० अंकले बढेर नेप्से दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यस दिन कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि ६ प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

बैंकिङ समूहको सूचकमा शून्य दशमलव १६ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन्।  त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले गिरावट आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्