नेप्सेमा निरन्तर गिरावट, आज कति घट्याे ?

लोकपाटी न्यूज

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उताचढावबीच सामान्य गिरावट भएर बन्द भएको छ । सोमबार नेप्से ६.६८ अंकले गिरावट हुँदा २५७०.८१ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुस्तता आएको हाे । आज नेप्सेमा ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ७८ लाखको कारोबार भएको छ । आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङसहितका अधिकांश उपसूचक गिरावट हुँदा होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचक भने बढेको छ ।

लघुवित्त उपसूचकमा सर्वाधिक १.४७ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक १.२९ प्रतिशतले, होटल तथा पर्यटन उपसूचक ०.४३ प्रतिशत र जीवन बिमा उपसूचक ०.०४ प्रतिशतले बढेको छ ।

यता, वित्त कम्पनी उपसूचकमा सर्वाधिक २.४७ प्रतिशतका गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.४ प्रतिशत, विकास बैंक उपसूचक १.८७ प्रतिशत र बैंकिङ उपसूचक ०.२१ प्रतिशतले गिरावट भएको छ ।

आज नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक १२ करोडको कारोबार हुँदा नेपाल बैंकको ११ करोड, हिमालयन डिस्टिलरीको १० करोड, नेशनल हाइड्रोपावरको साढे ९ करोड र रैराङ हाइड्रोपावरको ९ करोडभन्दा माथिको कारोबार भएको छ ।

बजार पवरिसूचक र कारोबार रकम लगातार घटिरहेको बजारमा आज १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा १०९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६९ कम्पनीको मूल्य बढेको छ ।

यस्तै, ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबारमा आएकामध्ये आशा लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ९.८३ र महिला लघुवित्तको सेयरमूल्य ९.०८ प्रतिशतले बढेको छ ।

यता, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले गिरावट हुँदा दिव्येश्वरी हाइड्रोपावरको सेयरमूल्य ७.१९ प्रतिशत र राधी जलविगद्युत् कम्पनीको सेयरमूल्य ६.५७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्