काठमाडाैं। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदानेको टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरी काम अगाडि बढिरहेको जनाएको छ ।
फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । दावानल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् ।
फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइ. पि आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
टिजर हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस्ः



लोकपाटी न्यूज

